कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'डीएसपी हुँ' भन्दै ठगी गर्ने पक्राउ

रुपा गहतराज

काठमाडौँ — 'डीएसपी हुँ' भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

'डीएसपी हुँ' भन्दै ठगी गर्ने पक्राउ

विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा गई आफू सीआईबीको डीएसपी नविन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको पाएपछि मंगलबार कोहलपुर नगरपालिका ११ बाट नियन्त्रणमा लिइएको हो ।

विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।

प्रकाशित : श्रावण १, २०८१ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×