कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

धारिलाे हतियार प्रहारबाट एक जनाको हत्या

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा धारिलाे हतियार प्रहारबाट एक जनाकाे हत्या भएकाे छ। गएराति नेपालगन्जकाे टाँगा स्टेशननजिक दुई समूहकाे बीचमा भएकाे झगडामा धारिलाे हतियार प्रहारबाट घाइते भएका इरसाद कबाडियाकाे मृत्यु भएकाे बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

धारिलाे हतियार प्रहारबाट एक जनाको हत्या

कबडियाको उपचारकाे क्रममा भेरी अस्पतालमा मृत्यु भएकाे हाे। बाँके प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुई समूहकाे झगडा मिलाउन गएका कबाडियालाई चाेट लागेकाे थियाे।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित : असार २९, २०८१ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×