कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कर्तव्य ज्यान मुद्दामा संलग्न २ जना पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा कर्तव्य ज्यान मुद्दामा संलग्न २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल ११ का किशोर कुँवर र वडा नं २ का पुस्मन कार्की रहेका छन् ।

गत जेठ ३ गते बुटवलको एक रेस्टुरेन्टमा बुटवल उपमहानगरपालिका ७ बस्ने ३७ वर्षीय रवि थापालाई कुटपिट गरी घाइते बनाएकामा उनको उपचारका क्रममा असार १८ गते मृत्यु भएको थियो । सो घटनामा संलग्न रही फरार रहेका २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेश्वर भट्टले जानकारी दिए ।


प्रकाशित : असार २८, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×