कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जंगली जनावरको आक्रमणबाट बृद्धको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका-९, भालुखोला नजिक सडकछेउमा जंगली जनावरको आक्रमणबाट एक जना बृद्धको ज्यान गएको छ ।

पुर्वपश्चिम राजमार्गको ढकेरीदेखि २ किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जंगली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाहले बताए ।

मृतक शर्मा दार्मा गाउँपालिका-१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा भएको आफन्तको घरमा बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई जंगली जवनारले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ ।

मृतकको शवलाई पोष्टमार्टका लागि भेरी अस्पतालमा लगिएको बताए।

प्रकाशित : चैत्र ४, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×