कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ ठूलो परिणाममा बरामद  

रुपा गहतराज

नेपालगन्ज — जिल्ला प्रहरी कार्यालयले आइतबार र सोमबार नेपालगन्जबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ ठूलो परिणाममा बरामद गरेको छ । एक करोड ३० लाख ४८ हजार सात सय नेपाली र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

यसमा संलग्न आठ जना पक्राउ परेका बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हफिक अहमद पक्राउ परेका थिए । स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटेलको एक कोठामा छापा मारेको थियो ।

प्रहरीले होटेलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद गरेको बताइएको छ ।

त्यस्तै, बसपार्कस्थित होटेल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र चार लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

प्रहरीले आइतबार मात्र ३९ लाख २० हजार रुपैयाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै पूर्णिमा थारु र नेपालगन्ज–१६ जयसपुरका हसिब जसगढलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूले सो रकम कहाँबाट के कामका लागि ल्याएका हुन् वा उक्त रकम कसको हो भन्ने बारेमा गहिरिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नगद रकमसहित बैंकका विभिन्न भौचरहरू समेत बरामद भएको छ ।

एसपी बोहराले हुण्डी कारोबार भएको वा नभएको भनेर अहिले नै प्रमाणित नभएको बताए ।

प्रकाशित : फाल्गुन २८, २०८० २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×