कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बर्दियाको बासगढीमा बस दुर्घटनामा तीन घाइते

कमल पन्थी

बर्दिया — बर्दिया बासगढी नगरपालिका–८ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएकाछन् । बाँके कोहलपुर हुँदै बर्दिया मधुवनतर्फ जाँदै गरेको भे१ ख २२४४ नम्बरको बस अनियत्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । 

घाइते हुनेमा मधुवन नपा–१ की १७ वर्षिया प्रेमिका जिसी,सोही ठाउँकी १८ वर्षिय सरोज खड्का र १७ को मनिष बिक घाइते भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए । घाईतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । सवारी चालक मधुवन नपा–६ का करिब ५५ वर्षिय नारायण उपाध्यायलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहीले बताए ।


प्रकाशित : फाल्गुन १, २०८० १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×