कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

ट्याक्सी दुर्घटनामा बेपत्ता युवकको शव फेला

गोरखा — ट्याक्सी दुर्घटनामा त्रिशुली नदीमा बेपत्ता भएका गोरखा नगरपालिका–७ का १८ वर्षिय विवश रोकाको शव फेला परेको छ । बुधबार चितवनको इच्छाकामना गाउँपालिका–६ टोपे खोला नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । 

ट्याक्सी दुर्घटनामा बेपत्ता युवकको शव फेला

बिहान ८.१५ बजे शव भेटिएको प्रहरीले जनाएको छ । ‘बिहान शव भेटिएको खबर आएपछि आफन्तहरु सँग बुझ्दा ट्याक्सी दुर्घटनामा वेपत्ता भएका पुरुषको शव हो भनेर पहिचान भयो,’ उनले भने । प्रारभ्भिक अनुसान्धान पश्चात् शव पोष्टमाटमका लागि गोरखा पठाइएको पनि रिजालले जानकारी दिए ।

गत शनिबार काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन भएको थियो । ट्याक्सीमा सवार विवश रोका भने बेपत्ता थिए ।


प्रकाशित : चैत्र २१, २०८० १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×