कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

५ वर्षिया बालिकालाई बलात्कारको आरोपमा दुई बालक पक्राउ

नारायण शर्मा

पूर्वी नवलपरासी — ५ वर्षकी एक नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देबचुली घर भएकी ५ वर्षकी नाबालिकाले १३ वर्ष उमेर समुहका दुई बालकले चक्लेट दिएर पालैपालो करणी गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

करणीको अभियोग लागेका दुई नाबालक कक्षा ६ र ७ मा पढदै छन् । फागुन ४ गते उनीहरुले बलात्कार गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×