कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ताराखोलामा रैथाने आलु संरक्षण गरिँदै

प्रकाश बराल

बागलुङ — ताराखोला गाउँपालिकाले रैथाने तथा अर्गानिक आलु संरक्षणको काम थालेको छ । कृषि ज्ञान केन्द्रले त्यसको प्राविधिक क्षेत्रमा सहयोग गर्नेछ ।सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने ताराखोलाको आलुको माग अझै बढेपछि उत्पादन बढाउने र गुणस्तर पनि कायम गर्ने गरी संरक्षणको काम गरिएको गाउँपालिका अधयक्ष धनबहादुर बिकले बताए । 

ताराखोलामा रैथाने आलु संरक्षण गरिँदै

तराइबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन् । बजारको चाहना समेत बढेकोले उत्पादन बढाउन पहल भएको हो । बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले समेत ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका हुन् । अर्गानिक भएकोले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेको थोक बिक्रेता गोपाल कँडेलले बताए ।

ताराखोलाका किसानले रसायनिक मल प्रयोग गर्दैनन् । अर्गानिक भएकोले खान पनि मिठो हुँदा बजारमा सहजै बिक्री हुन्छ । सबैको चासो र अर्गानिक भएकोले कृषि ज्ञान केन्द्र बागलुङले ताराखोलामा रैथाने आलु प्रवर्द्धनको काम गरेको छ । यहाँको आलुमा मिसावट नभएकोले रैथाने आलु प्रवर्द्धन कार्यक्रम बनाइएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी बिकास अधिकृत कुमार पुनले बताए ।

‘हामीले अहिलेसम्म यहाँ रसायनिक मल सिफारिससम्म गरेका छैनौं,’ उनले भने, ‘अर्गानिक आलुकै रुपमा बजार पाउने अवस्था छ ।’ पुनका अनुसार ताराखोलामा ‘आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ वटा समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम संचालन गरेको उनले बताए । त्यसकालागि न्यूनतम ५ सय हेक्टर जमिन छनौट भएको छ । रैथाने आलु प्रवर्द्धन गरेर बजारीकरणमा समेत केन्द्रले साथ दिएको छ ।

ताराखोला कृषि शाखाका अनुसार गत बर्ष यहाँ साँढे सात सय टन आलु फलेको थियो । उक्त आलु पोखरा, बुटवल र बागलुङका बजारमा सहजै बिक्री भएको स्थानीय थोक बिक्रेता गोपाल कँडेलले बताए । ‘ताराखोलाको आलु भनेपछि खोजी खोजी लैजान आउँछन्,’ उनले भने, ‘हामीले गाडी पठाएर माग अनुसारको आलु खरिद गर्छौ ।’ ताराखोलाको आलु नसकिएसम्म बजारमा अरु आलु बिक्री समेत नहुने उनले बताए ।

ज्ञान केन्द्रले उत्पादन पछि प्रतिकेजी दुइ रुपैयाँ किसानलाई अनुदान दिने गरेको छ । ताराखोला गाउँपालिकाभित्र अहिले पनि रसायनिक मल प्रयोग हुँदैन । कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए । आलुको बजार समेत सजिलै पाइएकोले किसानले हरेक बर्ष उत्पादन बढाउने गरेको ताराखोला गाउँपालिकाकी दिलकुमारी पुनले बताइन् । होमस्टेका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ ।

विकास र उत्पादनको अनुभव साट्न ताराखोलाले तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकासँग मितेरी साइनो समेत लगायो । यो मितेरीले अनुभव आदानप्रदान, विकासमा साझेदार निकाय खोज्ने तथा स्रोतको सदुपयोगमा धेरै सफलता मिलेको गाउँपालिकाका सूचना अधिकारी जितबहादुर सुनारले बताए । यहाँ आलु भण्डारणका लागि स्टोर पनि बनेका छन् ।

स्थानीय स्रोत साधनबाटै बनेका घरमा ४ टनसम्म आलु भण्डारण गर्न सकिने घर बनेको वडा-४ की गमिला रोकाले बताइन् । त्यसबाहेक तारखोलामा बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र मार्सी चामल ताराखोलाका उत्पादन हुन् ।

प्रकाशित : फाल्गुन २१, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?