कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना सख्त घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — यहाँको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का एक जना सख्त घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना सख्त घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार हुप्सेकोट गाउँपालिका-३ गिरुबारीबाट बेलाहानी जाने बाटोमा मंगलबार राति साढे ८ बजेतिर मोटरसाइकल दुर्घटना भएको हो । मृतक र घाइतेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

स्थानीय देवबहादुर सुनारका अनुसार गिरुबारीबाट देउरालीतर्फ जादै गर्दा बाटा किनारमा रहेको कुलोमा लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीले दुर्घटनामा मृत्यु भएका युवकको परिचय नखुलेको र गम्भीर घाइतेलाई जिल्ला अस्पताल डण्डा पठाइएको जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०८० २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×