कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गोरखा नगरपालिकाका सामुदायिक विद्यालयका खाजाघर बन्द गर्ने निर्णय

हरिराम उप्रेती

गोरखा — गोरखा नगर क्षेत्रका सामुदायिक विद्यालयमा सञ्चालित खाजाघर बन्द गर्ने निर्णय गरिएको छ । दिवा खाजामा ‘जंकफुड’को प्रयोग भएपछि नगरपालिकामा माघ २४ गते बसेको विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक सहितको बैठकले खाजाघर बन्द गर्ने निर्णय गरेको हो । 

हाल सञ्चालनमा रहेको खाजाघर चालु शैक्षिक सत्रको दुई महिनामा क्रमश : बन्द गर्दै जाने गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत शिक्षक धुव्रराज अर्यालले बताए ।

‘अहिले तत्काल बन्द गर्न मिल्ने बन्द हुन्छन्, दुई महिना खाजाघरलाई निरुत्साहित गर्दै आगामी शैक्षिक सत्रबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ,’ उनले भने ।

विद्यालयमा सञ्चालित खाजाघरमा चाउचाउ, बिस्कुट, म:म, चाउमिन, लेज, कुरकुरे लगायतका जंsफुड बेच्ने गरेको गुनासो पछि नगरपालिका खाजा घर बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

गोरखा नगरपालिकाले नगर क्षेत्रका २० वटा विद्यालयहरुमा कल्स ओभर रिजेज नामक संस्था सागको साझेदारीमा दिवा खाजा परियोजना पनि सञ्चालित छ । परियोजनामार्फत् विद्यालयहरुमा विद्यार्थी संख्याको आधारमा भान्छेको पनि व्यवस्था गरिएको छ । खाजाघर बन्द गरी खाजा व्यवस्थापन सहयोगी(भान्से) मार्फत दिवा स्वस्थकर खाजा खुवाउन नगरपालिकाले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

‘भान्सेको पनि व्यवस्था छ, अर्को पनि खाजाघर भइरहँदा दिवा खाजामा एकरुपता पनि भएन,’ उनले भने । गोरखा नगरपालिकाको १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई परियोजना मार्फत दिवा खाजाको व्यवस्थापन गरिँदै आएको छ ।

प्रकाशित : माघ २९, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×