कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राप्ती खोलाले बगाएर एक युवकको मृत्यु

प्रताप विष्ट

हेटौंडा — हेटौंडास्थित  राप्ती खोलाले बगाएर बिहीबार एक युवकको मृत्यु भएको छ  । हेटौंडा उपमहानगरपालिका—१० स्थित राप्ती खोलाले बगाएर हेटौंडा उपमहानगरपालिका—१ का ३० वर्षीय राजु पन्तको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित तरकारी बजारबाट पारीतर्फ राप्ती खोला तरेर जान लाग्दा खोलाले बगाएर उनलाई राप्तीको पुलसम्म पुर्‍याएको थियो । तत्कालै स्थानीय र प्रहरीले उद्धार गरेर हेटौंडा अस्पताल ल्याएका थिए ।

अस्पतालका चिकित्सकले तत्काल नै मृत घोषणा गरेको प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन् । पन्त हेटौंडास्थित तरकारी बजारमा लोडअनलोड गर्ने कार्य गर्दै आएका थिए ।


प्रकाशित : श्रावण १०, २०८१ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×