कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वाग्मतीमा मुख्यमन्त्रीको दाबी गर्ने समय सरेको सर्‍यै

सुवास विडारी

मकवानपुर — कांग्रेस–एमालेभित्र मन्त्री बन्ने सूचीको विषयमा आन्तरिक किचलो बढ्दा वाग्मती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने समय सरेको सर्‍यै छ ।

वाग्मतीमा मुख्यमन्त्रीको दाबी गर्ने समय सरेको सर्‍यै

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । उनले दिएको समयसीमा आज मंगलबार साँझ ५ बजेसम्म रहेको छ । तर योबीचमा दुई दलले चारपटक मुख्यमन्त्री दाबी गर्ने समय सारिसकेका छन् ।

कांग्रेस–एमाले ६४ सांसदको हस्ताक्षरसहित सोमबार बिहान १० बजे प्रदेश प्रमुखकोमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्री दाबी गर्न जाने भनिएको थियो । उक्त समयमा आन्तरिक तयारीका लागि एमाले संसदीय दलका नेता जग्गनाथ थपलिया काठमाडौं गएपछि पुनः दिउँसो ४ बजेका लागि सारिएको थियो । उक्त समयमा पनि उनी हेटौंडा नआएपछि दुवै दलको सहमतिमा मंगलबार बिहान १०:३० बजेका लागि सारिएको थियो । यस अवधिमा पनि दुवै दलका नेतावीच मन्त्रालय भागबन्डालाई अन्तिम टुंगो लगाउन बाँकी भएपछि आजै दिउँसो १२:३० बजेका लागि पुनः दाबी गर्न जाने समय सारिएको छ ।

स्रोतका अनुसार एमालेले दाबी गर्न जाने विषयमा कुनै पनि बेला सूचना आउन सक्ने भन्दै तयारी अवस्थामा रहन सांसदहरुलाई भनेको छ । ‘अब एसएमएस नगर्ने सामाजिक सञ्जालको समूहमा म्यासज हाल्ने भनिएको छ,' एमाले संसदीय दलका एक कर्मचारीले भने ।

कांग्रेसका मन्त्री बन्ने दौडमा रहेका सांसद मात्र हेटौंडामा भएका कारण औपचारिक जानकारी कसैलाई पनि नगराइने बुझिएको छ । ‘केही सहमति बाँकी भएर हो । दलको नेताहरुले अन्तिमरुपमा दिएपछि दाबी प्रक्रिया अगाडि बढ्छ,’ कांग्रेस सांसद छिरिङ दार्जे लामाले भने ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकरणअनुसार वाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।

प्रकाशित : श्रावण ८, २०८१ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×