कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कान्तिपुरकर्मी श्रेष्ठलाई कोशीपारी पत्रकारिता पुरस्कार

काभ्रे — कान्तिपुरकर्मी ज्योती श्रेष्ठ ‘कोशीपारी पत्रकारिता पुरस्कार २०८१’ बाट पुरस्कृत भएकी छन् । काभ्रे पोष्ट साप्ताहिकको २५ औं वार्षिक उत्सव (रजत महोत्सव) को अवसरमा आइतबार कान्तिपुरकर्मी श्रेष्ठ र गोरखापत्र दैनिकका काभ्रे जिल्ला संवाददाता केदार तिमल्सिना कोशीपारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । 

कान्तिपुरकर्मी श्रेष्ठलाई कोशीपारी पत्रकारिता पुरस्कार

श्रेष्ठ कान्तिपुर दैनिककी काभ्रे संवाददाता हुन् । उनीहरुलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघ केन्द्र वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले प्रमाणपत्र, दोसल्लाह तथा ५ हजार ५ सय ५५ रुपैयाँसहित पुरस्कृत गरे ।

रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा काभ्रे पोष्टका संस्थापक सम्पादक ईश्वरी ओझा, पूर्वकार्यकारी सम्पादक शिव दाहाल, पूर्वव्यवस्थापक दिपेन्द्र लामा, सरोज अधिकारीसहित उत्कृष्ट कर्मचारी बालकृष्ण बजगाईंलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रिकाको विकास र प्रवर्द्धनमा सहयोग गर्ने ग्राफिक डिजाइनर खगेन्द्र कार्की, स्तम्भकार चुडाप्रसाद चौलागाईं, निर्माण व्यवसायी कृष्णहरि चौलागाईंसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित : श्रावण ६, २०८१ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×