कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कारागार कार्यालय काभ्रेको बहुउपयोगी भवन उद्घाटन

काभ्रे — कारागार व्यवस्था विभाग कारागार कार्यालय काभ्रेको नवनिर्मित बहुउपयोगी भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यले नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

कारागार कार्यालय काभ्रेको बहुउपयोगी भवन उद्घाटन

समारोहलाई सम्बोधन गर्दै महानिदेर्शक आचार्यले नवनिर्मित भवनबाट कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउनेमा आफू विश्वस्त रहेको बताए । उनले यस कार्यालयबाट आन्तरिक कार्यालय व्यवस्थापनमा थप सहज हुने अपेक्षा राखे ।

वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण तथा खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयको आर्थिक सहयोगमा कार्यालयमा सौर्य उर्जा प्रणाली जडान गरिएको कारागार कार्यालय काभ्रेले जनाएको छ । यसमा सहरी विकास तथा भवन कार्यालय र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको प्राविधिक सहयोग छ । कुल लागत २४ लाख रुपैयाँ भवन निर्माण तथा १५ लाख रुपैयाँ सौर्य बत्ती (सोलार) जडान गरिएको कार्यालयका प्रमुख जीवन निरौलाले जानकारी दिए ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कारागारमा क्षमतभन्दा बढी संख्यामा कैदी रहनु प्रमुख समस्या रहेको कारागार कार्यालय काभ्रेका प्रमुख जीवन निरौलाले बताए । उनले कैदीबन्दी थपिने क्रम बढ्दो रहेकाले यथाशीघ्र उपयुक्त स्थानमा निश्चित संख्याका कैदी स्थानान्तरण गर्नेुपर्ने धारणा राखे । हाल कैदी/बन्दी रहेको भवन जोखिमयुक्त पनि रहेकाले नयाँ स्थानमा भवन निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ ।

सरकारी मापदण्डअनुसार, कार्यालयमा ८५ जना कैदी बन्दीहरु राख्ने क्षमता रहेकोमा सावन ४ गतेसम्ममा ३ सय ६ जना कैदीबन्दी राखिएको कार्यालय प्रमुख निरौलाले जानकारी दिए । उनले भने, 'स्थान अभावका कारण क्षमताभन्दा धेरै कैदीबन्दीलाई राख्न बाध्य भएका छौं । यस विषयमा सम्बन्धित सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छौं ।'

प्रकाशित : श्रावण ४, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×