कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

वीपी राजमार्गमा पहिरो पन्छाएर एकतर्फी यातायात संचालन

सिन्धुली — कमेरेफाँटको लेदो सहितको पहिरो पन्छाएपछि शनिबार मध्यान्हदेखि वीपी राजमार्गमा एकतर्फी यातायात संचालनमा आएको छ । लगातारको वर्षापछि खसेको लेदो सहितको पहिरोले वीपी राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध बनेको थियो ।

वीपी राजमार्गमा पहिरो पन्छाएर एकतर्फी यातायात संचालन

मध्येपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका-६ अक्करे भीरमा ढुङ्गासहितको ठुलो पहिरो खसेकाले यातायात अवरुद्ध नै छ । मध्यपहाडीको फिक्कल गाउँपालिका-२ सुम्नामवेँसीमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

दुई ठुला राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरु ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराइबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटामै अलपत्र परेका छन् ।

लगातार वर्षा भइरहेकाले सडकको जुनसुकै खण्डमा पहिरो खसेर दुर्घटना हुनसक्ने हुँदा अत्यावश्यक काम बाहेक यात्रा नगर्न सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले सुझाएका छन् ।

प्रकाशित : असार २२, २०८१ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×