कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रताप विष्ट

हेटौंडा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका—७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको मृत्यु भएको छ  ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मनहरीबाट चितवनतर्फ गइरहेको ना ७ ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ नै जाँदै गरेको वा प्र ०२—०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका—१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट स्कुटर चालक क्षेत्री घाइते भएका थिए । तत्कालै उपचारका निम्ति उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०८१ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×