कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गस्ती गरेर फर्किदै गरेका असई ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका-६ मा रहेको रत्नावती प्रहरी चौकीका इन्चार्ज असई रविन्द्र ठाकुरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । 

गस्ती गरेर फर्किदै गरेका असई ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु

आइतबार गस्ती गरेर चौकीतर्फ फर्कने क्रममा वडा नं. ५ को झगडेवेँसीस्थित भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका चिकित्सकहरुले केहीबेर अघि असई ठाकुरको मृत्यु भएको घोषणा गरेका छन् । दुर्घटनामा परी मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका-७ का प्रहरी सहायक हवल्दार सुर्यकुमार श्रेष्ठ घाइते भएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×