कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिन्धुलीमा डलरको प्रलोभन देखाएर १८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

सिन्धुली — डलरको प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई सिन्धुली प्रहरीले नगदसहित पक्राउ गरेको छ । ठगी गरेको रकम १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई गोलन्जोर गाउँपालिका-६ को हैबारबाट मंगलबार पक्राउ गरिएको र अझै एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा डलरको प्रलोभन देखाएर १८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-३ सिन्धुपाल्चोकका २४ वर्षीय श्याम तामाङ, २६ वर्षीय तेन्जेन पाइन र २७ वर्षीय नारायणबहादुर पाइन रहेका छन् ।

इलाम नगरपालिका-१ घर भइ गोलन्जोर गाउँपालिका ७ को लौकुनमा व्यवसाय गर्दै आएका राजु गौतमसँग अमेरिकन डलरको पोका भनि २० रुपैयाँको नेपाली नोट र सादा कागजको टुक्रा दिइ १८ लाख रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेकाहरूबाट २ वटा मोटरसाइकल, अमेरिकी डलर २३९, पाँच थान मोबाइल बरामद गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×