कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

विपन्नलाई खाद्यान्न सहयोग   

शिव पुरी

रौतहट — रौतहटस्थित ग्रामीण विकास केन्द्रले मंगलबार जिल्लाको चन्द्रपुर र राजपुर नगरपालिकाको करिब १ हजार ७ सय परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

विपन्नलाई खाद्यान्न सहयोग   

ग्रामीण विकाश केन्द्र (आरडिसी) नेपालले चन्द्रपुरका विभिन्न ६९१ घरधुरीलाई चामल, गहु, पिठो, सन फलाउर तेल, तोरीको तेल, चिनी, विभिन्न थरीका दालहरु लगायतका समाग्री वितरण गरेको हो । एक कार्यक्रमबीच चन्द्रपुरका नगरप्रमुख सन्जयकुमार काफ्लेले विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न दिए ।

‘गाउँघरका विपन्न परिवारलाई यस्ता किसिमको सहयोगले धेरै राहत महसुस हुन्छ,‘नगरप्रमुख काफ्लेले भने,‘चरम गरिबका कारण धेरै मानिसहरु भनेको जस्तो खानबाट बञ्चित छन् । रोजगारीका अभाव पनि उनीहरुमा छ ।’

इस्लामिक रिलिफ नेपालको सहयोगमा ग्रामीण बिकाश केन्द्र नेपालले फागुनको तेश्रो साताबाट चन्द्रपुर नगरपालिकाको विभिन्न टोलहरुमा र राजपुर नगरपालिकाको विभिन्न वडाका १ हजार ९ घरधुरीका मानिसहरुलाई खाद्याान्न लगायतका समाग्रीहरु वितरण गरेको हो । केन्द्रका अध्यक्ष पारस हुसेनले विपन्न परिवारको पहिचान गरी आवश्यकतालाइ महसुस गरेर परियोजनाले समाग्री वितरण गरेको जनाए ।


प्रकाशित : फाल्गुन २९, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×