कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

निजगढमा ग्याँस सिलिण्डर पड्किँदा १ को मृत्यु, ५ घाइते

लक्ष्मी साह

बारा — बाराको निजगढस्थित सहिद चोकमा सोमबार ग्याँस सिलिन्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

निजगढमा ग्याँस सिलिण्डर पड्किँदा १ को मृत्यु, ५ घाइते

वीरगन्जको बयोधा अस्पतालमा उपचारको क्रममा ‘रोहित वर्कशप’ मा लेथ ग्यास वेल्डिङ गर्दै गर्दा वर्कशपका सञ्चालक निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । उनका अनसार दुई जना भारतीय नागरिकसहित पाँच जना घाइते भएका हुन् ।

चार जनाको बयोधा र एक जनाको निजगढ सामुदायिक प्रसुति गृह अस्पतालमा उपचार भइरहेको छ । घाइते निजगढ ५ का अर्का ४५ बर्षीय सुर्यबहादुर थापाको निजगढमा यपचार भइरहेको हो । अन्य घाइते हुनेमा वीरगंज महानगरपालिका-९ का ३४ वर्षीय फिरोद देवान र २० वर्षीय रितु रजत छन् ।

यसैगरी भारतीय दुई नागरिकमा भारत, गवाई घर भई निजगढमै बस्दै आएका ३५ वर्षीय राकेश जयसवाल र रामघडवाका २० वर्षीय अरबिन साह छन् । तिनीहरु सबै लेथमा काम गर्ने कामदार हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए ।

प्रकाशित : फाल्गुन १४, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×