कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पहिचान र संस्कृति जगेर्ना गर्न जनजाति महोत्सव

सुनिता बराल

महोत्तरी — बर्दिवासमा फागुन २४ देखि चौँथो आदिवासी जनजाति महोत्सव हुने भएको छ । आदिवासी जनजातिको पहिचान र संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष धननारायण जोशीले जानकारी दिए ।

पहिचान र संस्कृति जगेर्ना गर्न जनजाति महोत्सव

जिल्लामा बसोवास गरिरहेका ९ भन्दा बढी जनजातिको भेषभुषा, पहिरन र रहनसहन झल्काउने स्टल समेत महोत्सवमा राखिने आयोजकले बताएको छ ।

चैत ५ गतेसम्म चल्ने महोत्सवलाई एक लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा स्थानीय उत्पादनका कृषि उपज सामाग्रीको प्रदर्शन गरिने र स्थानीय कला संस्कृतिको संरक्षण गर्न महोत्सवले भुमिका निर्वाह गर्ने उनले बताए ।

यसअघि ३ पटक बर्दिवासमा लागेको जनजाति महोत्सवले मधेसमा जनजातिको राम्रो पहिचान स्थापित गरेको समन्वय समितिका सचिव मनिष समालले बताए । भित्री मधेसमा आफ्नो भेषभुषा, पहिरन, कला संस्कृति के हो भनेर थाहा नपाउने ब्यक्तिले पनि अहिले हरेक आफ्ना पर्व तथा उत्सवहरुमा आफ्नो पहिरन लगाउनु महोत्सवको प्रभाव भएको समालले बताए ।

यसवर्ष महोत्सवबाट आर्जन भएको आम्दानी सामाजिक काममा लगाउने पनि आयोजकले बताएको छ । १३ लाख ५० हजारमा ठेक्का सम्झौता भएको महोत्सवबाट अधिकतम मूल्य बचाएर सामाजिक काम गर्ने लक्ष्य लिएको समितिका बरिष्ठ उपाध्यक्ष हर्क बहादुर लामाले बताए ।

१ सय ५० स्टल रहने महोत्सवमा जिल्लामा बसोबास भएका नेवार, तामाङ, मगर, थारु, भुजेल, धानुक, माझी, मण्डल लगायतको पहिचान सहितको स्टल रहने र महोत्सवमा जनजाति भाषाकै गीत संगीतमा प्रयोगिता समेत गराइने आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×