कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको कुखुरा बरामद

शिव पुरी

रौतहट — परोहा नगरपालिका–६ स्थित हवारी चौकमा सोमबार भारतबाट अवैधरुपमा साइकलमा ल्याउँदै गरेको कुखुरा प्रहरीले बरामद गरेको छ । प्रहरी देखेपछि साइकल छाडेर कुखुरा ल्याउनेहरु भागेका थिए । 

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको कुखुरा बरामद

ईलाका प्रहरी कार्यालय कोपवापिपरीयाबाट खटिएको प्रहरीको गस्ती टोलीले हवारी चौकमा ४ वटा साइकलमा राखेर भारतबाट ल्याउँदै गरेको ६० थान ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

‘बरामद भएको कुखुरालाई स्थानीय भद्रभलाद्मी,जनप्रतिनिधि, संचारकर्मीको रोहबरमा जिल्ला प्रहरीको प्रागंणमा नष्ट गरेका छौँ,‘ उनले भनिन्, ‘भारतबाट अवैधरुपमा कुखुरा ल्याउने गिरोह पत्ता लगाउँछौँ ।’

उक्त कुखुराको बजार मुल्य ३८ हजार रहेको प्रहरीको भनाइ छ । नेपालको तुलनामा भारतमा कुखुराको मुल्य कम भएकाले चोरबाटो प्रयोग गरी पारीबाट ल्याउने गरेको सुरक्षाकर्मीको भनाइ छ । खुला सीमाको फाइदा उठाउँदै साना ब्यापारीले साइकलमा राखेर भारतबाट कुखुरा ल्याएर सीमावर्ती बजारहरुमा बिक्री गर्दै आएका छन् ।

डिएसपी गिरीले भारतबाट अबैध रुपमा समान ओसार पसारमा कडाइ गरेको दाबी गरिन् ।

प्रकाशित : फाल्गुन ७, २०८० १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×