कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुमो गाडी दुर्घटनामा चार यात्रु घाइते

धनकुटा — कोशी राजमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका ६ मालबासेमा शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा चार यात्रु घाइते भएका छन् ।

सुमो गाडी दुर्घटनामा चार यात्रु घाइते

धरानबाट भोजपुरतर्फ जानेक्रममा प्रदेश १ ०२००१–३९१६ को टाटा सुमो गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते हुनेमा भोजपुरको अरुण गाउँपालिका ४ का १५ वर्षीय राजकुमार तिरुवा विक, धरान उपमहानगरपालिका १५ का ५६ वर्षीय वीरबहादुर विक, धरान उपमहानगरपालिका ५ का ५१ वर्षीय सरमान विक र भारतीय नागरिक ३० वर्षीय सञ्जय साह रहेका छन् । घाइते सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।


प्रकाशित : श्रावण ११, २०८१ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×