कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भरूवा बन्दुक पड्किँदा एक महिला घाइते, बन्दुकसहित दुई जना पक्राउ

संखुवासभा — चैनपुर नगरपालिका-११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक महिला घाइते भएकी छन् । चैनपुर-११ केराबारीकी मेनुका खतिवडा घाइते भएकी हुन् । प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार घर नजिकै रहेको मकै बारीको टहरामा सुतिरहेकी खतिवडा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् ।

भरूवा बन्दुक पड्किँदा एक महिला घाइते, बन्दुकसहित दुई जना पक्राउ

बन्दुक पड्काएकाे आराेपमा प्रहरीले चैनपुर-११ का किङरिङका ३७ वर्षीय लंक तामाङ भन्ने अनिल कुमार तामाङ र तुलसी जिमीलाई लोड भएको दुई वटा भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त घटना असार ४ गते भए पनि असार २१ गते मात्र बाहिर आएको हो । घाइते महिलाको थप उपचारका लागि काठमाडौँ लगेपछि मात्र बाहिर आएको हो । प्रहरीले उनीहरूको साथबाट असार २२ गते एक थान बरुवा बन्दुक र ४ सय ३२ ग्राम बारुद समेत बरामद गरेको छ ।

दुम्सीलाई हानेको बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् । प्रहरीले महिला माथि बन्दुक प्रहार गर्ने दुई जनालाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।बारीको टहरामा मकै रुँघेर सुतिरहेकी खतिवडाको ढाडको दाहिने पट्टि भरुवा बन्दुकको छर्राले लागेको छ ।

घाइते खतिवडाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तामाङ र जिमीलाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २४, २०८१ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×