कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

१ सय ५ वर्षकी शिवमाया लिम्बूले बनाइन् राष्ट्रिय परिचय पत्र

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका ५ की शिवमाया लिम्बूले १ सय ५ वर्षको मंगलबार राष्ट्रिय परिचय पत्र बनाएकी छिन् ।

१ सय ५ वर्षकी शिवमाया लिम्बूले बनाइन् राष्ट्रिय परिचय पत्र

लिम्बूले सदरमुकाम फिदिमस्थित जिल्ला प्रशासन कार्यालय पाॅचथरमा आएर राष्ट्रिय परिचय पत्रका बनाएकी हुन् । नागरिकता अनुसार लिम्बूको जन्म मिति १९७७ साल फागुन १४ गते हो । हिलिहाङ गाउॅपालिका ५ सुभाङदेखि २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी थिइन ।

यसअघि सामाजिक सुरक्षा भत्ताका लाभग्राहिलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थिएन ।

गाडीबाट अढाइ घण्टा लगाएर बुहारीसँग सदरमुकाम आएकी थिइन् । यो वर्षदेखि सामाजिक सुरक्षा भत्ता सहित सरकारी कामकाजमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेकाले सदरमुकामसम्म आएर फोटो खिचाएको साथमै श्रीमाया स्रेङ (सुहाङ) ले बताइन् ।






प्रकाशित : जेष्ठ २९, २०८१ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×