कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड

काठमाडौँ — महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको छ ।

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड

कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनअनुसार कोशीमा आर्थिक वर्षक २०७९/०८० मा १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले बुधबार प्रदेश प्रमुख खापुङलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखापरीक्षण भएको थियो ।

प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, १ अर्ब ९ करोढ ४० लाख ४७ हजार नियमित गर्नुपर्ने उल्लेख छ । नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेश्की दिएको उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको बताइएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

May be an image of text that says 'नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय कोशी प्रदश विराटनगर फोन नं. सेंपान मुळके T 리10 ०२१-४२२७२४ ०२१-४२२5४७ विज्ञप्त कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुड्रज्यूसमक्ष माननीय महालेखापरीक्कज्यूको प्रतिनिधि नायब महालेखापरीक्षक श्री श्रीप्रसाद राईले नेपालको संविधानको धारा २९४ को उपधारा (੩) बमोजिम महालेखापरीक्षकको आ.व. ०७९/५० को ਛैटौं वार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेस ग्नुभएको छ। ಕెಂದ9ಿ साल जेठ १६ गते बुधवार। Lon 업키지9회시 (राम कुमार श्रेष्ठ) सूचना अधिकारी सुचना अधिकारी'

प्रकाशित : जेष्ठ १६, २०८१ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×