कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

पर्वत पाेर्तेल

विराटनगर — कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार नै वैशाख २८ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति जारी सूचनामा लेखिएको छ, 'माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।'

एमाले–माओवादीले बुधबार अपराह्न नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कांग्रेस नेता केदार कार्की पनि गत असोज २९ मा संविधानको सोही उपधाराअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखको आह्वानपछि एमाले–माओवादीले बिहीबार बिहान दाबी प्रस्तुत गर्ने माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले जनाए ।

गत चैत २६ मा सरकारबाट एमाले –माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा थिए । उनले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानका कारण एमाले–माओवादीले पेस गरेको संकल्प प्रस्ताव वैशाख ७ को संसद् बेठकले पारित नै गरेको थियो ।


प्रकाशित : वैशाख २६, २०८१ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×