कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

साथीको हत्या आरोपमा पक्राउ

संखुवासभा — सभापोखरी गाउँपालिका २ मा साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सभापोखरी २ ज्यामिरेका २९ वर्षीय रविन चाम्लिङ राईको हत्या गरेको अभियोगमा २६ वर्षीय सहनसिं राई पक्राउ परेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

शुक्रबार राति उनीहरूबीच आपसी विवाद हुँदा सहनसिंको धारिलो खुकुरी प्रहारबाट रविन गम्भीर घाइते भएका थिए ।

रविनको शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए । हत्यामा संलग्न भएको आरोपमा सहनसिंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

गम्भीर घाइते भएका रविनको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।

प्रकाशित : चैत्र ३, २०८० २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×