कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दिक्तेल रुपाकोट मझुवागढीले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड

डम्बरसिं राई

खोटाङ — राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुक्रबार सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २५ स्वर्ण, दश रजत र छ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपाधि चुमेको हो ।

दिक्तेल रुपाकोट मझुवागढीले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड

हलेसी तुवाचुङ नगरपालिकाले नौ स्वर्ण, दुई रजत र छ कास्य पदकसहित दोस्रो घोषित भएको छ । आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदकसहित केपिलासगढी गाउँपालिका तेस्रो भएको छ ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय तहले क्रमश नगद १५ हजार, १२ हजार र नौ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । विजयी स्थानीय तह तथा खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।

फागुन–१५ गतेबाट सुरु प्रतियोगितामा चार स्वर्ण, दुई रजत र चार कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो, दुई स्वर्ण, तीन रजत र चार कास्य पदकसहित खोटेहाङ गाउँपालिका पाँचौँ, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित दिप्रुङ चुइचुम्मा गाउँपालिका छैटौँ तथा दुई स्वर्ण, एक कास्य र एक रजत पदकसहित साकेलागाउँपालिका सातौँ भएका छन् ।

प्रदेशस्तरीय खेलमा एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८/१८ तथा सितोरियो कराँते र तेक्वान्दोमा १२/१२ जना छात्रछात्राले सहभागिता जनाउने छन्। प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीसहित संरक्षक, प्रशिक्षक र व्यवस्थापकसहित १११ जना पठाइने छ ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×