बराहपोखरीको नाम र कानेपोखरीको केन्द्र परिवर्तन गर्न सिफारिस
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — कोशी प्रदेश सरकारले बराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिस गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बराहपोखरीको नाम र कानेपोखरीको केन्द्र परिवर्तन गर्न सिफारिस](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/koshi-1222024023935-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी राख्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले वराहपोखरी नामलाई संशोधन गरी बाराहापोखरी गाउँपालिका राख्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासकीय केन्द्र वडा नं. ६ बाट वडा नं. ५ स्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
दुवै गाउँपालिकाले बहुमतले यस्तो निर्णय गरी प्रदेश सरकारसमक्ष पठाएका थिए । बैठकले प्रदेश किताबखाना निर्देशिका-२०८० स्वीकृत गरेको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी प्रस्तावहरु माथि समेत छलफल भएको मन्त्री राईले जानकारी दिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)