कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१२

मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित, जिल्लालाई 'बाइपास' गरेको आरोप 

जिल्ला समिति पदाधिकारीसँग सरसल्लाहबिनै प्रदेश समितिको अगुवाइमा अधिवेशन बोलाइएको भन्दै असन्तुष्टि
कान्तिपुर संवाददाता

सुनसरी — नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित बनेको छ । संघको जिल्ला अधिवेशनप्रति स्वयं सभापति र सदस्यहरुले आपत्ति जनाएपछि विवादित बनेको हो । मुस्लिम संघ जिल्ला कार्य समिति सुनसरीका सभापति अजमल आजादले बुधबार पत्रकार सम्मेलनमार्फत जिल्लालाई 'बाइपास' गरेर गरिने कार्यक्रमको औचित्य माथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन् ।

मुस्लिम संघ सुनसरीको अधिवेशन विवादित, जिल्लालाई 'बाइपास' गरेको आरोप 

प्रदेश समितिको अगुवाइमा अधिवेशन बोलाइएको प्रति रोष प्रकट गर्दै आजादले जिल्ला समितिलाई 'बाइपास' गरी गर्न खोजिएको अधिवेशन विधानविपरीत र औचित्यविहीन भएको बताए ।

उनले प्रदेश सांसद तथा कोशी प्रदेशका मुस्लिम संघ सभापति इसराइल मन्सुरीले राजनैतिक प्रतिशोध साँधेर जबर्जस्ती कार्यक्रम आयोजना गर्न खोजेको आरोपसमेत लगाए ।

सहमतिमा कार्यक्रम गर्ने तयारीका बाबजुद एकलौटी गर्न खोजिएको भन्दै प्रदेश सांसद मन्सुरीलाई जिल्ला प्रतिनिधि स्वीकार्य हुन नसक्ने उनले बताए ।

दलीय भागबन्डा र कोटाले कांग्रेस दलदलमा फस्दै गएको बताएका आजादले जबर्जस्ती कार्यक्रम गरिए त्यसले पार्टी संगठनमै आँच पुर्‍याउनेतर्फ सचेत रहन केन्द्र र जिल्ला नेतृत्वको ध्यानाकर्षण गराए । नेपाल मुस्लिम संघ कांग्रेसको भ्रातृ संस्था हो । जसको जिल्ला अधिवेशन बुधबारलाई बोलाइएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ ।

प्रकाशित : श्रावण ३१, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×