कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बलात्कारका आरोपित दुई वर्षपछि पक्राउ

संखुवासभा — विवाह गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेर फरार भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई दुई वर्षपछि पक्राउ गरेकाे छ ।

बलात्कारका आरोपित दुई वर्षपछि पक्राउ

प्रहरीले मकालु गाउँपालिका -५ मांसिमाका ३१ वर्षीय लीलाबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनले ०७९ चैतमा एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरी फरार भएको आरोप छ । उनलाई सुनसरीको धरान उपमहानगरपालिका-१६ हंसमार्गबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार पीडित युवतीको उजुरीपछि प्रहरीको विशेष टोलीले गुरुङलाई धरानबाट पक्राउ गरेको हो। गुरुङ उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : असार १४, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×