कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जहाज दुर्घटना : अस्पताल परिसरमा शोकाकुल आफन्त

मृतकको पोस्टमार्टम सुरू
दीपक केसी

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम सुरु भएको छ । अस्पतालबाहिर मृतकका आफन्त र स्थानीय भेला भएका छन् । दुर्घटनामा नातेदार गुमाएर शव कुरिरहेका आफन्तहरू अस्पताल परिसरमा विक्षिप्त छन् ।

पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार पोष्टमार्टमका लागि कम्तिमा ७२ घण्टा लाग्ने अनुमान गरिएको छ भने उनीहरु सबैको पोष्टमार्टमपछि मात्रै शवहरु आफन्तको जिम्मा लगाउने तयारी छ । सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान ११ :११ बजे दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने घाइते अवस्थामा उद्धार भएका पाइलटको उपचार भइरहेको छ ।


प्रकाशित : श्रावण ९, २०८१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्