कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेपाल-नेदरल्यान्ड्स खेल हेर्न टुँडिखेलमा ओइरिए दर्शक [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, दीपक केसी

काठमाडौँ — आईसीसी ट्वान्टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सबीच खेल जारी छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । ग्राण्ड प्रेरी रंगशालामा नेपाली र अन्य खेलको उल्लेख सहभागिता देखिएको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले ठूलो स्क्रिनको व्यवस्था गरेपछि टुँडिखेलमा दर्शकको ओइरो लागेको छ । त्यस्तै तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गरिएपछि दर्शक झुम्मिरहेका छन् । दर्शकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरुसमेत खटिएका छन् ।

नेपाल र नेदरल्यान्डस दुवै आजको पहिलो खेलमा जितको खोजीमा हुनेछन् । नेपाल र नेदरल्यान्डस दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा भएको त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेदरल्यान्डस् दुई खेलमा विजयी हुँदा नेपालले एउटा मात्र खेल जितेको थियो । सन् २०१५ मा पहिलोपटक नेपाल र नेदरल्यान्डसले पहिलो पटक एकअर्काविरुछ खेलेका थिए । हालसम्म दुवैबीच ११ वटा खेल सम्पन्न भएका छन् । नेदरल्यान्डस ६ खेलमा विजयी भएको थियो भने नेपालले पाँच खेलमा जित हासिल गरेको थियो ।


प्रकाशित : जेष्ठ २२, २०८१ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्