कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अनेरास्ववियुको 'विद्यार्थी महोत्सव'को झलक [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ३ दिने विद्यार्थी महोत्सव सुरु भएको छ । विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।

विद्यार्थी संगठनको ६० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको बिहीबारसम्म चल्ने महोत्सवमा विश्वविद्यालयबारे जानकारी, करियर काउन्सिलिङ, युवा संसद बहस, सांस्कृतिक प्रर्दशनी, रक्तदान, स्वास्थ्य शिविर, इ–गेमिङ प्रतियोगिता, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, लाइभ म्युजिक लगायतका विद्यार्थी केन्द्रीत कार्यक्रमहरु छन् । महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिइनेछ ।

अनेरास्ववियुले महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिव र जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने घोषणा गरेको छ । विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई सरकार र सम्बन्धित निकायलाई सुझाव दिने अनेरास्ववियुले जनाएको छ । त्यस्तै विद्यार्थीलाई मनोरञ्जनप्रदान गर्नका लागि जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थजस्ता ब्याण्डका कलाकारहरुका सांगीतिक कार्यक्रम हुनेछन् ।


प्रकाशित : जेष्ठ १, २०८१ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्