कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

सरकारले खेलकुद बुझेन

पाठक पत्र

नेपाली क्रिकेट टिमले हाल नवौं संस्करणको आईसीसी ट्वान्टी–२० विश्वकप खेलिरहेको छ । नेपालले १० वर्षपछि आईसीसीको यति ठूलो प्रतियोगिता खेलिरहेको हो ।

सरकारले खेलकुद बुझेन

नेपाललाई विश्वकपमा फेरि खेल्न १० वर्ष किन लाग्यो त ? यो प्रश्नमा सरकार वा क्रिकेटसँग सम्बन्धित निकायले मिहिन ढंगले अध्ययन गरेन वा गर्न चाहेन । नेपाललाई तेस्रो पटक विश्वकप खेल्न फेरि एक दशक कुर्न नदिन नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले मात्र होइन, सरकारले पनि ठोस योजना बनाउन जरुरी छ । तर सरकारको मानसिकता त्यस्तो देखिँदैन । अझ भनौं खेल पूर्वाधार निर्माणमा सरकारको बेवास्ता छ । थालिएका केही भौतिक संरचना निर्माण पनि वर्षौंदेखि अलपत्र छन् । सरकारको यस्तो प्रवृत्तिले नेपाली खेल समर्थक र खेलाडी दिक्क छन् । खेल पूर्वाधार निर्माणलाई तीव्रता दिन बजेट महत्त्वपूर्ण हुन्छ । तर, सरकारले खेल संरचनाका लागि कनिका छरेजस्तो गरी बजेट विनियोजन गर्छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । यो भनेको कुल बजेटको १ प्रतिशत पनि होइन । यसले पनि के प्रस्ट पार्छ भने सरकारको प्राथमिकतामा खेलकुद छैन । अझ भनौं सरकारले खेलकुदको महत्त्व बुझेको छैन । सरकारले आगामी आर्थिक वर्षदेखि खेलकुदमा कम्तीमा तीन प्रतिशत बजेट विनियोजन गरोस् । छुट्याएको बजेट सही ठाउँमा प्रयोग भए–नभएको बारेमा पनि निगरानी राखोस् ।

पुष्कर बोहरा, अनामनगर, काठमाडौं

प्रकाशित : असार २, २०८१ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x