कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अमेरिकाको सपना र दलालको धन्दा

पाठक पत्र

कान्तिपुरमा जेठ ५ मा प्रकाशित ‘डंकी रुटबाट अमेरिका जान लाखौं डुबाउँदै युवा’ शीर्षकको समाचार पढ्दा साह्रै दुःख लाग्यो । रुकुम, मुसिकोटका एक युवा अमेरिका जाने रहरमा दलालमार्फत झन्डै ९० लाख खर्च भइसक्दा पनि अझै गन्तव्यमा पुग्न नसकेको कथाले अन्य गाउँका युवाको पनि प्रतिनिधित्व गर्छ ।

चर्को ब्याजमा ऋण काढेर अमेरिकातर्फ हिँडेका अरू कैयन्को अवस्था यस्तै छ । कोही अमेरिका पुगेर पनि अलपत्र परेको, पक्राउ परेर सिधै काठमाडौं फर्काइएको, केहीको बाटैमा तथा अमेरिका पुगेपछि मृत्यु भएको समाचार आइरहेका छन् ।

एकातिर वर्षौं लगाएर र लाखौं खर्च गरेर मानव तस्करको भरमा अवैध बाटो भएर स्वदेश छोड्नु हुँदैन, गन्तव्यको वैध बाटो, साधन, कामको सुनिश्चितता नभएसम्म विदेशमा पाइला चाल्नु हुँदैन भन्ने सामान्य जानकारीसमेत नराख्ने तर गन्तव्यमा पुग्न पाए रूखमा फल्ने विदेशी रकम टिप्न सकिन्छ भनी सोच्ने अधिकांश शिक्षित छन् ।

के उनीहरूलाई आफूले रोजेको मुलुक जाँदा गन्तव्यको अनुमति, यात्राका साधन, कामको सुनिश्चितताबारे केही जानकारी हुँदैन ? जसले जे भन्यो, त्यसैको पछि लाग्ने युवा र सन्तानले चाहँदैमा बाबुआमाले पनि असम्भव माग पूरा गर्नैपर्छ भन्ने हुन्छ र ? विदेशको बाटो लाग्न मरिहत्ते गर्नुभन्दा आफ्नै देशमा सकिने काम गरेर कमाइ गर्नु नै श्रेयस्कर हुन्न र ?
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : जेष्ठ १०, २०८१ ०५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×