कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दिमागबाटै हट्नुपर्छ छाउ प्रथा

पाठक पत्र

पटकपटक छाउगोठमा हुने भयावह मृत्युले हाम्रो सामाजिक चेतनाको स्तर प्रस्ट्याएको छ । यो कहालीलाग्दो समस्याको उपचारका लागि सघन कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक छ ।

डरलाग्दो अवस्था त अझ कहाँ देखिन्छ भने छाउपडी गोठ मुक्त भनिएकै ठाउँमा घटना दोहोरिएका छन् अनि त्यस अभियानका नेतृत्वकर्ताहरू नै फेरि छाउगोठमा फर्किएका छन् । यस्तो किसिमको कुसंस्कार अन्त्यका लागि भौतिक हिसाबले छाउगोठ भत्कनु भत्काउनु पनि एउटा उपाय त होला, त्यो भन्दा अझ ती मानिसको चेतना, ज्ञान वा मनमा छाउगोठ भत्काइनु आवश्यक छ । यसो नभएसम्म यो संस्कार उखेलिँदैन । परम्परादेखिका कतिपय यस्ता चलनको जरा बढो गहिरो र दर्विलो हुने गर्छ । उन्मूलनका लागि देशमा कानुन बनेको छ त भनिन्छ तर त्यो बनेर मात्र भएन, कडाइका साथ लागू गर्ने तत्परता राज्यसँग हुनैपर्छ । महिनावारी हुनु भनेको गर्भाधानका लागि तयार वस्तु गर्भाधान नभएर बाहिर फ्याँकिएको मात्र हो । मानव संसार भनौं वा हामीले भन्ने गरेको जीवन सृष्टिको निरन्तरताका लागि महिलामा हुने महिनावारीलाई सबैभन्दा ठूलो वरदान मानिन्छ । यस्ता विषयलाई औपचारिक र अनौपचारिक शिक्षामा गम्भीरतापूर्वक समेट्नैपर्छ ।

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : वैशाख ९, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×