कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गाइडको परिवारलाई राहत दिइयोस्

पाठक पत्र

चितवन नेसनल पार्कमा विदेशी पर्यटकलाई घुमाउने क्रममा ३३ वर्षीय गाइडको गैंडाको आक्रमणमा परी मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ । लाइसेन्स प्राप्त गाइडलाई वन्यजन्तुले आक्रमण गर्दा मृत्यु भए राहतस्वरूप १० लाख रुपैयाँ पाउने व्यवस्था नयाँ राहत निर्देशिकाले गरेको भनिएको छ ।

तर वन, वन्यजन्तु संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने क्रममा कार्य क्षेत्रमा नै जंगली जनावर र तस्करहरूको आक्रमणमा परी मृत्युवरण गर्न पुगेका आधिकारिक कर्मचारी र लाइसेन्स प्राप्त गाइडका लागि परिवारजनलाई दिने राहत रकम र अन्य सुविधा बढाउने गरी कानुन बनाउन आवश्यक छ ।
– तुलसीराम खरेल, बिर्तामोड, झापा

प्रकाशित : वैशाख ३, २०८१ ०३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×