कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एनआईसी एसियालाई प्रश्न

पाठक पत्र

कान्तिपुरमा सोमबार प्रकाशित कुराकानीमा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कुनै पनि शाखा बन्द गर्न बैंकले राष्ट्र बैंकमा निवेदन नदिएको दाबी गर्नुभयो ।

तर, राष्ट्र बैंकका सहसूचना अधिकारी भागवत आचार्यले एनआईसी एसियाबाट शाखा बन्द गर्न निवेदन आएको सार्वजनिक रूपमा स्विकार्दै आउनुभएको छ । यसले न्यौपानेको इमानदारीमाथि गम्भीर प्रश्न उठाउँछ ।

बैंकिङ प्रणाली संवेदनशील क्षेत्र हो, जसमा लाखौंको रोजीरोटी जोडिएको छ । कुनै बैंकको सर्वोच्च कार्यकारी पदमा बस्ने व्यक्तिको यस्तो भनाइले बचतकर्ता र बैंकरबीच थप अविश्वास मात्र सिर्जना गर्छ ।
– निमेश दाहाल, बचतकर्ता, एनआईसी एसिया

प्रकाशित : फाल्गुन १७, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×