कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विदेशमा नेपालीको मरण

पाठक पत्र

कान्तिपुरमा माघ २३ मा प्रकाशित जनकराज सापकोटाको ‘विदेशी भूमिमा गइरहेको फोस्साको जीवन’ शीर्षकको आलेख सटीक लाग्यो । लेखकले सन् २००२ मा प्रकाशित ‘लाहुरेका कथा’ पुस्तकमा उल्लिखित सन् १९३२ देखि १९६५ सम्म विदेशी सेनामा भर्ती भएर विश्वयुद्धमा होमिएका भूतपूर्व लाहुरेको कथा समट्दै हालैको घटनाक्रमलाई चित्रण गरेका छन् ।

परदेशको भूमिमा फोस्सामा लड्ने नेपाली नियतिको पछिल्लो संस्करण रुस–युक्रेन युद्ध हो । नेपालीको कुनै साइनो नभएको यस युद्धमा घाइते, मृत्यु भएका नेपाली युवाको तथ्यांक सरकारसँग छैन । रुसी सेनामा भर्ती नगराउन, घाइतेलाई फिर्ता ल्याउन, शव पठाउन र क्षतिपूर्ति दिलाउनेतर्फ सरकारको कर्मकाण्डी अभ्यास मात्र देखिन्छ ।

रुसी सेनामा एक/दुई दिनको तालिमपछि युद्ध मैदानको रेड जोनमै खटाइएको, घाइते र मृत्यु भएको विवरण दिनुपर्ने सामान्य पद्धतिसम्म पालना गरिएको छैन । एउटा शक्तिशाली देशले यसरी अर्को देशका नागरिकलाई युद्ध मैदानमा बलिको बोको बनाउन मिल्छ र ? परम्परागत सम्झौताअन्तर्गत केही राष्ट्रको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपालीलाई भर्ना गर्न मिल्दैन ।

हुन त नेपाली युवा पनि सोझो बाटो नगएर चोरबाटो बिदेसिनु विल्कुलै गलत काम हो । यस्ता काम रोक्न सरकारको कडा निगरानी, व्यापक जनचेतना चाहिन्छ । स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ । सरकार बेलैमा गम्भीर बनोस् ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : फाल्गुन १, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×