कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुस्वास्थ हस्पिटल  नवौं वर्षमा प्रवेश

काठमाडौँ — प्राकृतिक चिकित्सापद्धतिबाट उपचार गराउँदै आएको सुस्वास्थ हस्पिटल नवौं वर्षमा प्रवेश गरेको छ । औषधिविहीन उपचार पद्दतीहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि सेवा सुरु गरेको अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ ।

सुस्वास्थ हस्पिटल  नवौं वर्षमा प्रवेश

अस्पतालले वार्षिक १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको अध्यक्ष डा. सुदर्शन बस्नेतले जानकारी दिए । उनका अनुसार अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको, पक्षघात, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको उनको दाबी छ ।

अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा छ ।

काठमाडौँको मीनभवनमा रहेको सुस्वास्थ अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म मुलुकका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ, जहाँ ५ हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको छ । अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत रहेको विज्ञप्तिमा छ ।


प्रकाशित : माघ १, २०८० २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×