स्पेनमा 'विज्ञानमा कूटनीतिको भूमिका' विषयमा चर्चा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — स्पेनमा लैंगिक समानतालाई अगाडि बढाउन 'विज्ञानमा कूटनीति' को भूमिका विषयमा चर्चा भएको छ । स्पेनी राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थाले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![स्पेनमा 'विज्ञानमा कूटनीतिको भूमिका' विषयमा चर्चा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/spain-1012024074556-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
त्यस अवसरमा नेपालको तर्फबाट नेपाली राजदूत शर्मिला पराजुली ढकालले महिला राजदूतको रुपमा लैंगिक समानतालाई अगाडि बढाउने विषयमा आफ्नो भनाइ राखेकी थिइन् ।
राजदूत ढकालले लैगिंक समानता र महिला सशक्तिकरणमा अडिग भएर नेपाल अघि बढेको उल्खेख गर्दै भनिन्,' नेपालको प्रेरणादायी यात्रा बाँड्न पाउँदा खुसी छु ।'
उनले नेपालको महिला आन्दोलनको कथा संघर्षको मात्र नभइ विजयको समेत भएको बताइन् । 'चुनौतीहरूको मात्र होइन तर अटल संकल्पको हो जुन हाम्रो संविधानमा प्रतिध्वनित्व हुन्छ, एक प्रगतिशील दस्तावेज जसले महिला सशक्तिकरणको लागि हाम्रो प्रतिबद्धताको आधारको रूपमा काम गर्दछ,' उनले भनिन् ।
उनले नेपालको संविधानको धारा ३८ ले महिलाको अधिकारलाई मौलिक हकको रुपमा लिपिबद्ध गरेको पनि बताइन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)