कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सरकारले राजदूत सिफारिसको निर्णय तत्काल सच्याउनुपर्छ : पूर्वपरराष्ट्रमन्त्री साउद

काठमाडौँ — पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको सिफारिस तत्काल सच्याउन माग गरेका छन् ।

सरकारले राजदूत सिफारिसको निर्णय तत्काल सच्याउनुपर्छ : पूर्वपरराष्ट्रमन्त्री साउद

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरु फिर्ता बोलाएको उल्लेख गरे ।

उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए । सत्ता गठबन्धनकाबीचमा भागबण्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको उनको धारणा थियो ।

‘सत्ता गठबन्धनका दलहरुले भागबण्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दाखेरी केही नियुक्त गरेका राजदूतहरुले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्डबिहीन र स्वीकृतिबिहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिइ हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरुको कन्फ्लिक्ट अफ इन्ट्रेष्टका कुरापनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ । केही राजनीतिक दलहरुले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदुत चयन गर्दैछन् । दलहरुले विज्ञापन निकालेर । यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ' उनले भने ।

उनले बीआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रुपमा भन्नुपर्ने बताए ।

प्रकाशित : असार १३, २०८१ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×