कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुग्ध किसानको बक्यौता छिटो भुक्तानी गर्न सांसद बाँस्कोटाको माग

काठमाडौँ — एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभई पसिनाको मूल्य माग गरेको उल्लेख गर्दै तत्काल भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ।

दुग्ध किसानको बक्यौता छिटो भुक्तानी गर्न सांसद बाँस्कोटाको माग

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाए ।

‘दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं । किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ?' सांसद बाँस्कोटाले भने,' अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ । नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन ।'

उनले सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए ।जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने उनले बताए ।

'निजी क्षेत्रले दुध नकिन्दा पनि सुख पाउँछ । हामीले यही सदनमा बारम्बार उठायौं । लम्बी स्किनलाई लिएर अबौंको क्षेती भयो भन्यौं । किसानहरु बसिरहेका छन् । तर अहिलेसम्म मूल्य पाइएन । एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी छ । यसमा सरकारको दृष्टिकोण के हो । प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीको कुरा के हो ? निजी क्षेत्र मुनाफाखोर भएको हुनाले गैरजिम्मेवार हुनसक्छ' उनले भने ।

उनले दुग्ध विकास संस्थानको क्षमता विकास,स्टोरेज,वितरण प्रणाली,कर्मचारी नियुक्ति अधिक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताए ।

प्रकाशित : असार १३, २०८१ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×