कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गौतमबुद्ध विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' निजी कम्पनीलाई पनि दिन सकिन्छ : मन्त्री तामाङ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने बताएका छन् । 

गौतमबुद्ध विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' निजी कम्पनीलाई पनि दिन सकिन्छ : मन्त्री तामाङ

अठोट नेपाल र उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा शनिबार आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले उक्त कुरा बताएका हुन् ।

'हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ,' उनले भने ।

यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ दशमलव २ बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले बताए ।

यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने मन्त्री तामाङले बताए ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरूलाई उत्साहित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री तामाङले अब यसमा सरकारले काम गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ २६, २०८१ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×