कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो २०२४ : बाहिरिने डरबाट गुज्रिँदै क्वार्टरफाइनल पुग्यो इंग्ल्यान्ड 

काठमाडौँ — स्लोभाकियाको हातबाट पराजित भएर प्रतियोगिताबाटै बाहिरिने डरबाट गुज्रिँदै इंग्ल्यान्डले आइतबार युरो २०२४ को क्वार्टरफाइनल यात्रा तय गरेको छ । इंग्ल्यान्ड अतिरित्त समयको खेलमा २–१ ले विजयी भएको हो ।

युरो २०२४ : बाहिरिने डरबाट गुज्रिँदै क्वार्टरफाइनल पुग्यो इंग्ल्यान्ड 

इभान स्क्रान्जले २५ औं मिनेटमा गरेको गोलले स्लोभाकिया अगाडि रहेको थियो र यो लगभग अन्त्यसम्म कायम रह्यो । पहिलो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल फर्काए भने अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले विजयी गोल गरे ।

यस जितपछि ५८ वर्षयता इंग्ल्यान्डको पहिलो ठूलो उपाधि जित्ने सपना कायम रह्यो । अब शनिबार हुने अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विजरल्यान्डको सामना गर्नेछ ।

प्रकाशित : असार १७, २०८१ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×