कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मधेशका मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण, ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने निर्णय

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी 'एक पालिका एक कृषि उत्कृष्टता केन्द्र' स्थापना गर्ने निर्णय गरेका छन् ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण, ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने निर्णय

शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको हरेक स्थानीय तहमा नमुना रुपमा एक/एक खुला शैक्षिक पार्क बनाउने, मधेश आन्दोलनका शहीद, घाइते परिवारलाई सम्बोधन हुने कार्यक्रम, संघीयताका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह र प्रथम गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

प्रदेशको तथ्यांक भरपर्दा र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको पहिचान गरी श्रम बैंकको रुपमा स्थापना गरी सिपलाई रोजगारीसँग जोड्ने कार्यक्रम अगाडि बढाउने निर्णय मुख्यमन्त्री सिंहले गरेका छन् ।

मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने मुख्यमन्त्री सिंहको निर्णय छ ।


प्रकाशित : जेष्ठ २५, २०८१ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×