कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन् ।

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

बुधबार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायी लगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको बताए ।

'नेपाल सरकारको तर्फबाट अर्थमन्त्री वर्षमान पुनज्युले बजेट वक्तव्य व्यक्त गर्ने क्रममा हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान शाहसी शान भन्ने नारासहित नेपाल सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ । यो लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ,' मन्त्री तामाङले बताए ।

मन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनको लागि एक समिति गठन गरेको बताए । उनले समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन पेस गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १६, २०८१ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×